वामीटक्सारमा कृष्णजन्माष्टमी विशेष रथयात्रा मेला केहि छिनमा सुरु हुदै

विष्णुप्रसाद आचार्य ‘चकित” मुसिकोट गुल्मी-वामीटक्सारमा कृष्णजन्माष्टमी विशेष रथयात्रा मेला केहि छिनमा सुरु हुदै छ । कृष्णजन्माष्टमीको भोलिपल्ट मनाइने यस वर्षको सम्पुर्ण तयारी पुरा भएको नेवा वर्जु पुचका अध्यक्ष तथा कृष्ण रथ यात्राका सम्योजक मोहनलाल श्रेष्ठले बताउनुभयो ।

जस अन्तरगत बजार परिक्रमा गरि बिभिन्न रोचक दृश्यहरु प्रदशन गरिने छ । बजार परिक्रमा गर्दा ३ वटा रथहरु सङसङै परिक्रमा गराइनेछ, जसमा श्रीकृष्ण राखिएको, राम सिता र हनुमान राखिएको रथ हुनेछ । ससाना बालबालिकालाइ उनीहरुको रुपको शृङ्गार गरेर रथमा राखिन्छ।

रथयात्रामा सङसङै बाजा बजाउने समुह, नेवारी र ब्राह्मण भजन, जनजातिहरुको भैलो नाच, रोपाइ जात्रा, भोटे शिलो, युगल नाच लगायतका दृश्यले वातावरण रोमान्चक बनाउने छ । बिस १७१६ देखि वामीमा सुरु भएको जानकारहरुले बताउने गरेका गरेका छन।

अहिले बिस्तारै पुस्तान्तरण भएको मेला युगौसम्म चल्ने अपेक्षा नेवार समुदायले गरेको छ । आज ३ देखि४ हजार मानिसहरुको घुइचो हुने अनुमान गरिएको छ । पहिलापहिला १५ देखि १६ हजार मानिसहरुको उपस्थिति हुने भएपनि पछिल्ला वर्षमा त्यो सन्ख्या ह्वात्तै घटेको श्रेष्ठले बताउनुभयो ।

आज वामीटक्सारको परुवादेखि पल्टारसम्म रथ यात्रा सङ्गै पुजा गरि विभिन्न झाकिहरु प्रतुत गरेर मेला मनाइदै छ ।कृष्ण भगवानले कौरवहरुमाथि विजय प्राप्त गरेको सुखद उपलक्ष्यमा यो पर्व मनाउने गरेको श्रेष्ठले बताउनुभयो ।रथयात्रा दिउसो १ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय