अभियान लघुवित्तको आइपीओ बाँडफाँड हुँदै,सबै भन्दा पहिला कसरी हेर्ने नतिजा ?

काठमाडौं । केही दिन अगाडि प्राथमिक शेयर निष्कासन गरेको अभियान लघुवित्तको आइपीओ सोमबार सोमबार बाडफाड हुने भएको छ । आज विहान ९ बजे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाड गरिने छ ।

आवेदन दिएका मध्य ९१ हजार ३७५ जनाले शेयर प्राप्त गर्ने छन । बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात खाली हुनेछ । यसमा कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यो मध्ये ५५ अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।नतिजाको लागि बाँडफाँड भएको केही समयपछि यहाँ गएर हेर्न सकिन्छ

https://iporesult.cdsc.com.np/

यो पनि पढ्नुहोस् – काठमाडौं – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।

यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ। – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय