आइपीओको लहर -रिचेत जलविद्युत कम्पनीको पनि  आइपीओ आउँदै

काठमाडाैँ – रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ लाख १२ हजार २ सय २३ दशमलव ५७ कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गर्न लागेकाे हाे ।

उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पौडेल र रिचेत जलविद्युत कम्पनी लिमिटेडका कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र एनआईबिएल एस क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।- आर्थिक संदेश

यो पनि पढ्नुहोस् – काठमाण्डौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्काशन गरेको आईपीओमा करिव ५० गुणा बढी आवेदन परेको छ । यो अहिले सम्मै धेरै आवेदन हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०२ बजेसम्ममा १३ लाख ६१ हजार ३५३ जना आवेदनबाट १ अर्ब ५३ करोड १ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख १ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ४९.६३ गुणा बढी हुन आउँछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय