अपर हेवाखोलाको आइपीओ आजदेखि पहिलो कारोबार सुरु

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) को साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई निष्काशन गरेको १५ लाख कित्ता,आयोजना प्रभावितलाई निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेमा न्युनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

उक्त ओपनिङ्ग रेन्जको आधारमा भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सले कम्पनीको शेयरलाई युएचईडब्लुए (UHEWA) कारोबार संकेत प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौंं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलय नक्सालमा शेयर बाँडफाँट गर्ने भएको हो ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय