अभियान लघुवित्त शेयरको बाँडफाँड मिति तय

काठमाडौंं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलय नक्सालमा शेयर बाँडफाँट गर्ने भएको हो । पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको छ ।यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन् । हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

यो पनि पनि पढ्नुहोस् – – काठमाडौं – नेपालमा पूँजी संकलन गर्ने सबैभन्दा सहज माध्यम भनेको आइपीओ हो । धेरै कम्पनीहरुले यही माध्यमबाट अर्बौ रकम संकलन गरिरहेका छन् । आइपीओ निष्कासन गर्नेको सूचीमा म्युजिक नेपालले पनि थालिएको छ । हजारौं गीतको अधिकार भएको म्युजिक नेपालको ५० लाख भन्दा धेरै युट्युब सदस्य समेत छन् ।

नेपालको पहिलो सङ्गीत कम्पनी म्युजिक नेपालले पनि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । पब्लिक कम्पनी बनेसँगै म्युजिक नेपालले आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवासँग सहकार्य गरेको छ ।

आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि एनआइसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएकाे छ ।

यो आईपीओ निष्कासनसँगै म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सङ्गीतक्षेत्रको पहिलो कम्पनी बन्नेछ । जसले गर्दा भावी दिनहरूमा यस कम्पनीसँग आवद्ध हुन इच्छुक सम्पूर्ण स्रष्टा–कलाकार तथा सङ्गीतप्रेमीहरूका लागि नयाँ सम्भावनाको ढोका खुल्ने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय