अभियान लघुवित्तको आईपीओ खुल्यो,कति र कसरि दिने आबेदन ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकेा छ । बुधबारबाट कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन खुलेको हो । कुल सार्वजनिक निष्कासन गर्ने सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको छ ।

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २२ साउन र अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा १ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्त आर्थिक वर्ष २०७७/०७८ बाट नै सञ्चित नाफामा सञ्चालन भइरहेको छ । हाल १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ निष्कासनपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय