सयपत्री हाईड्रोको आइपीओमा आवेदन दिनेको लर्को

काठमाडौं -: सयपत्री हाइड्रोपावरको आइपीओमा १ अर्ब ५ करोड २३ लाख ४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (साउन १५ गते) साँझ ५ः२ बजेसम्ममा ९ लाख १४ हजार ७७६ जनाले १ करोड ५ लाख २३ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १५.६९ गुणा बढी आवेदन हो । सयपत्रीले साउन १३ गतेदेखि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५% अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २% अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ ।

यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । यसमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । सयपत्रीले बाग्लुङ्ग जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय