काठमाडौ – धितोपत्र वोर्ड धमाधम आफ्नो बलिरहेका कामहरू गरिरहेको छ । यसै बीच भर्खर मात्र २ कम्पनीलाई प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ ।
बोर्डले मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । सेबाेनले वैशाख १८ गते, बुधबार दुवै कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति पाएकाे हाे ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ कराेड ६४ लाख ११ हजार रूपैयाँ बराबरकाे १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे । कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर (HDHPC) ले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न लागेका हो।
हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते लिसारा हल नक्सालमा साधारणसभा बोलाएको छ। सभामा हकप्रदमार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव लैजाने भएको छ।