काठमाडाैँ – बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आजदेखि कारोबार हुने भएको छ ।
कम्पनीको शेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो । योसँगै आजबाट कारोबारको लागि बाटो खुलेको हो । स्टकका अनुसार कम्पनीकाे १ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम एक सय ११ रूपैयाँ ३४ पैसादेखि अधिकतम ३ सय ३४ रूपैयाँ २ पैसा ओपनिङ्ग रेञ्ज ताेकेकाे छ ।

त्यस्तै, कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BHDC सिम्बाेल प्राप्त गरेकाे छ । कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे ।
गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए ।
यो पनि पढ्नुहोस् – काठमाण्डौ । बुधबार दोहोरो अङ्कले बढेको बजारमा बिहीवार पनि हरियाली छाएको छ । प्रिओपन सेसनमा नेप्से १ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २११३ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ९ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ९ लाख भन्दा धेरैको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ८ कम्पनीको शेयर मूल्य बढेको छ भने जीवन विकास लघुवित्तको शेयर सबै भन्दा धेरै भएको छ ।
आज तीन उपसूचकमा हरियाली छाएको छ भने १०३३ कित्ताको शेयर खरिद बिक्री भएको छ । मौद्रिक नीति पछाडि शेयर बजारमा उत्साह फर्किएको छ । ४ कारोबार दिनमा ३ दिन नेप्से बढेर बजार २१ सयको विन्दुमा आएको हो ।