केही सस्तो लोकप्रियता र फुस्रा नारा राख्दैमा आर्थिक समृद्धि  आउदैनः स्वतन्त्र युवा नेता रायमाझी

गुल्मी । बैशाख  ३० मा सम्पन्न स्थानिय तहको निर्बाचनमा मुसिकोट नगरपालिकाको  स्वतन्त्र तर्फबाट मेयर पदको लागि  उमेदवार बनेका बिपिन रायमाझिले  मुसिकोट नगरपालिकाको बजेटलाई खण्डन गर्दै  बुधबार  फेसबुकमा एक  स्टाटस् पोस्ट गरेका छन् ।

बिगद केहि समयले देखि मुसिकोट नगरपालिकामा भईरहेका बिभिन्न अराजक  गतिबिधीहरु माथि आवाज उठाउँदै आएका रायमाझिले बुधबार मुसिकोट नगरपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि ल्याएको बजेटलाई पनि सामाजिक सञ्जाल मार्फत खणडन गरेका हुन् ।

मुसिकोट नगरपालिकाको आगामी आ.व २०७९/८० को नीति तथा कार्यक्रम र बिनियोजित बजेट, शिर्षक लाईपुर्ण रुपमा अध्ययन गरे पश्चात् बडा खिन्नता महशुस गर्दै यो स्टाटस सामाजिक सञ्जालमा सार्बजनिक गरेको रायमाझिले बताएका छन् ।

यस्तो बिपिन रायमाझिले फेसबुकमा सार्बजनिक गरेको स्टाटस् जस्ताको तस्तै –  नारा आर्थिक समृद्धिको, व्यबहार अधोगतीको।, यो बजेटले खासमा कस्को आर्थिक समृद्धि हुने हो?, मेयर, उप-मेयर, प्रशासकिय अधिकृत,कर्मचारी ?, आम नागरिकको दैनिकिमा त परिवर्तन न-आउने निस्चित छ। यो देशमा बस्नु मन छ वा फर्केर आउने मन छ?, आफुले आफैलाई आफू जान्ने बुझ्ने हु जस्तो लाग्छ भने, खबरदारी गरौं युवा हो,बोलौ।

मुसिकोट नगरपालिकाको आगामी आ.व २०७९/८० को नीति तथा कार्यक्रम र बिनियोजित बजेट, शिर्षक लाईपुर्ण रुपमा अध्ययन गरे पश्चात् बडा खिन्नता महशुस भयो।एउटा निर्वाचित जनप्रतिनिधिले प्रशासकको कुराहरुलाई रोक्दै नगरको बृहत्तर बिकासको निम्ति भिजनरी योजनाको लागि बजेट ब्यबस्थापन गर्न सक्नु बल्ल उत्कृष्ट नेतृत्व क्षमताको कला मान्न सकिन्छ।

नीति तथा कार्यक्रममा केही सस्तो लोकप्रियता देखाउने फुस्रा नारा राखेर आर्थिक समृद्धि आउदैन कमरेड। आगामी आ.व २०७९/८० को बजेटको पुर्णतः अध्ययन गर्दा पुरै बितरण मुखि र कर्मचारी प्रशासन मुखि एव केही ब्याक्ती र कर्मचारी अनुकुल प्रयोग गर्न मिल्ने बनाईएको देखियो।देशमा चरम आर्थिक अस्थिरता चलिरहेको बेला आर्थिक समृद्धिको निम्ति उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनु पर्छ भन्ने सामान्य ज्ञान समेतको अभाव भएकाहरुले जनमुखी र आर्थिक समृद्धि उन्मुख बजेट भनेर खोक्नु पर्दै पर्दैन।अधिकतम लगानी तालिम गोष्ठी र भत्ता एवं बितरण मुखी कार्यक्रमका शिर्षकमा छन।

वैदेशिक लगानी भित्राउने लक्ष्य -0,पर्यटन पर्वधन र पर्यटन शुक्ल आम्दानी अनुमान -0,उद्योग कलकारखानामा लगानी र बाताबरण-0,जनसहभागिता कार्यक्रम-0

१)”आफ्नै गाउँ फर्की आए”प्रोत्साहन तथा संमान-२,००,०००/-, खासमा यो रकम वैदेशिक रोजगारबाट आएकाहरुलाई सम्मान गर्ने बजेट छुटाईएको रहेछ।जसले एक बर्ष भरिमा वैदेशिक रोजगारबाट मुसिकोट आउने युवाहरुलाई एक छाक खाना र खादा किन्दैमा अपुग हुन्छ।हामी युवाहरुलाई सम्मान होइन,लगानी सुरक्षा र साझेदारी चाहिएको हो। – “कमरेड”

-२)”पख्नोस तपाईहरुको लागि हामी केही गर्छौ”यो कार्यक्रमको लागिपनी २,००,०००/- बजेट छुट्टाईएको रहेछ।यो बजेटले कतिलाई पख्न भन्नी हो ? एउटा शैलुन खोल्न पनि ५-६ लाख लगानी लाग्छ,ठेला बनाउन पनि ५०,०००/- बढी। अनुमानित यति बजेटले तेहि वैदेशिक रोजगारबाट आएकाहरुलाई हामी अब जान्छौ भन्दै गर्दा पख्नोस भनेर खाजा खुवाउदैमा सकिन्छ।

३)साथै नगरको यसपालिको बजेटको लागि खास –,आर्थिक समृद्धि ल्याउने लगानी चाहिँ यस्तो छ।, भ्रमण खर्च शिर्षकमा – १२,००,०००/- लाख,कर्मचारी बैठक भत्ता- ५,००,०००/- लाख,पदाधिकारी बैठक भत्ता- १५,००,०००/- लाख, भ्रमण खर्च पदाधिकारी- २,००,०००/-लाख, जम्मा – ३४,००,०००/-( लाख), यो त उदाहरण मात्र हो,भित्र यस्ता अनेकौ बिषय छन।

अब भन्नुहोस् यसरी आर्थिक समृद्धि आउँछ? – युवाले लगानी कसरी गर्छ?,यस्तो नेतृत्व र प्रशासनले लगानी सुरक्षा गर्छ?,फजुल खर्चमा बजेट सक्न तर्फ लागेपछि कस्तो बिकास  हुन्छ?,हो त्यसैले निर्वाचनमा सहि ब्याक्तिको छनौट गर्नको लागि हामी चुक्नु हुदैन।आज एउटा उत्कृष्ट भिजनरी र क्षमतावान जनप्रतिनिधि भएको भए नगरको बजेटको ढाचा अर्कै हुन्थ्यो।

यो यसरी खुलेआम यस्तो प्रवृत्तिको बजेट निर्माण गर्नेहरुसङ्ग नैतिकता र इमानदारीताको प्रश्न उठाउन पर्छ। अर्थ ब्यबस्थामा राम्रै अध्ययन गरेका छौ भनेर खोक्ने विद्वानहरुले नेताहरुले यो बजेटले कस्तो आर्थिक समृद्धि आउने आकलन गर्नु भएको छ?,यो बजेटले कस्को आर्थिक  समृद्धि आउने हो?

मेयर, उप-मेयर, प्रशासकिय अधिकृत,कर्मचारी? -आम नागरिकको दैनिकिमा परिवर्तन न-आउने त निस्चित छ।, यो देशमा बस्नु छ? र बाच्नु छ भने खबरदारी गरौं युवा हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय