काठमाडौंं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले सर्बसाधारणलाइ निष्काशन गरेकाे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।त्यस अनुसार भोली बिहिबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले डिओआरदी (DORDI) कारोबार संकेत प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस – काठमाण्डौ । शेयर बजारमा लगातार दोस्रो दिन हरियाली छाएको छ । मंगलबार सामान्य अङ्कले बढेको बजार आज भने अर्धशतक भन्दा धेरैले बढेको छ ।
५९ अंक भन्दा धेरैले बजार बढ्दा समग्र बजार १९८६ विन्दुमाथि पुगेको छ । आज कारोबार भएका सबै उपसूचकमा हरियाली छाएको छ । आज २ कम्पनीको शेयर मूल्यमा सकिर्ट लागेको छ भने शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।
२२५ कम्पनीहरूको शेयर किनबेच हुँदा २ अर्ब ४४ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ भने विकास बैंक उपसूचक सबै भन्दा धेरैले बढेको छ । आज ५ कम्पनीको मात्र शेयर मूल्य घटेका छन भने बाँकी कम्पनीको शेयर मूल्य भने बढेको छ ।