असार महिना बन्यो आइपीओको महिना

काठमाडौं – असार महिना आइपीओको महिना भएको छ । करीब आधा दर्जन कम्पनीहरुले आइपीओ बिक्री गर्ने गरी तयारी गरिरहेका छन् ।

यसै बीच अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो पनि पढ्नुहोस् – काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा साढे ९ गुणा बढी आवेदन परेको छ । कम्पनीले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा १५ लाख बढी आवेदकको आवेदन परेको हो ।सिडिएस एण्ड क्लियरिङ्गको अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख १८ हजार ५३१ जना आवेदकबाट १ अर्ब ७३ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी हुने १८ लाख २० हजार ४७५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय