अप्पर सोलु हाइड्रोको आईपीओमा साढे ९ गुणा बढी आवेदन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा साढे ९ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा १५ लाख बढी आवेदकको आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख १८ हजार ५३१ जना आवेदकबाट १ अर्ब ७३ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

त्यसपछि बाँकी हुने १८ लाख २० हजार ४७५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय