समाजसेवी ज्ञानेस्वर काफ्लेद्वारा जन्म दिनको अबसरमा राम मन्दिरलाइ अर्थिक सहयोग

भुवन काफ्ले, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी टार निवासी समाजसेबी ज्ञानेस्वर काफ्लेले आफ्नो ६२ औ जन्म दिनको अबसरमा मुसिकोट ७ काफ़लटोलामा रहेको श्री राम मन्दिरलाई नगद रु ६ हजार सहयोग गर्नुभएको छ।

उहाँले आफ्नो जन्म गाउँ काफलटोलामा रहेको श्री राम मन्दिरको पूजालाई नियमित रुपमा अगाडि बढाउनका लागि आफ्नो यहि असार १ गते परेको जन्म दिनको अबसरमा मन्दिरलाइ नगद रु ६ हजार सहयोग गर्ने निर्णय गर्नुभएको हो।

मन्दिरको स्थापना काल देखि नै मन्दिर संचालक समितिको विभिन्न पदमा रही काम गर्दै आउनुभएका समाजसेबी काफ्ले अहिले संचालक समितिको सचिब पदमा रहेर काम गरिरहनुभएको मन्दिरका पूज़ा संचालक समितिका अध्यक्ष नारायण काफ्लेले जानकारी दिनुभयो।

हाल मन्दिरको पूज़ा संचालनका निम्ति मासिक रु तिन हजार खर्च हुदै आएकोमा काफ्लेको यो सहयोगले मन्दिरको दुइ महिनाको पूज़ा संचालनमा सहायो पुग्ने संचालक समितिका सह-सचिब लोकनाथ काफ्लेले बताउनुभयो।

पछिल्लो समयमा जन्म दिन मनाउने क्रममा विभिन्न कार्यक्रमहरु गरि अनाबस्यक कुरामा खर्च गर्ने प्रचलन आइरहेकै बेलामा मन्दिर जस्तो पबित्र धार्मिक स्थलमा सहयोग गरि जन्म दिन मनाएर महान कार्य गर्नुभएका काफ्लेलेलाई पूज़ा संचालक समितिले विषेश धन्यवाद सहित जन्मदिनको शुभकामना समेत ब्यक्त गरेको थियो।

यसै गरि जन्म दिनको अबसरमा मन्दिरको दुइ महिना बराबरको पूजाको रकम नगद रु छ हजार पूज़ा संचालनको लागि सहयोग गर्ने निर्णय सुनाउदै समाजसेबी काफ्लेले पछिल्लो समय जन्म दिन मनाउने क्रममा पश्चिमी सस्कृति भित्रिदै आएको र सबै मिली यसलाई रोकि र समाजमा बिकृति फैलिन नदिन सबैमा अनुरोद समेत गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय