काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिन अन्तिम दिन नजिकिएको छ ।
कम्पनीले जेठ २६ गतेदेखि आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्काशन गरेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि, १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी २० लाख १९ हजार ८३९ कित्ता सर्वसाधारणहरुका छुट्याएको छ ।Civil Bank
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म भर्न पाईने छ ।आवेदन छिटोमा जेठ ३१ गतेसम्म ढिलोमा असार ९ गतेसम्म दिन सकिने कम्पनीले जनएको छ ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौंँ – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाकाे १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत भएको हो । संस्थाले दाेश्राे बजारमा काराेबारका लागि सिवाईसीएल (CYCL) सिम्बाेल प्राप्त गरेको छ ।
संस्थाले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।