श्वेत-गंगा हाइड्रोकाे आईपीओ आवेदन दिने सबैलाई शेयर पक्का

काठमाडाैँ – श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखबाट आयोजना प्रभावित स्थानियका लागि छुट्ट्याएको २५ प्रतिशत मध्य ९० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख ९३ हजार कित्ता साधारण सेयर मध्य आयोजना प्रभावित क्षेत्र आयोजनाका सरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा पा को बड़ा न २,३ र ४ तथा ओखलढुंगा जिल्लाको लिखु गा.पा को बड़ा न ४, ५,६,७,८ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ३० प्रतिशतले हुने ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछापको लिखु तामाकोशी गा पा को वडा न.५,६ र ७ र मन्थली न.पाको वडा न ११, १२ र १३ तथा रामेछाप न.पाको बडा न. १र ३ लाई जम्मा निष्काशन गरिने सेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता र बाँकी ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता सेयर ओखलढुंगाको लिखु गापाको वडा नं. १,२ र ३ क्षेत्रका स्थानीय वासिन्दाहरुलाई निष्काशन गरिएको स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो ।

साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिनेछ ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय