बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि…!

एजेन्सी – स्कटल्याण्डकी रेबेका म्याकमिलन र उनको प्रेमी निक चीथमबीचको बिहे समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थित भएका थिए ।

तर निक र रेबेकाबीच बिहे भएको नदेखिकनै उनीहरू आ-आफ्नो घर फर्किनुपर्‍यो । बिहेको दिन एउटा अनौठो घटना भयो जुन पाहुनाहरूले कल्पना पनि गरेका थिएनन् होला सायद । वास्तवमा बेहुली रेबेका गर्भवती थिइन् र एक महिनापछि उनले बच्चा जन्माउने मिति थियो । तर बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी व्यथा सुरु भयो । जसका कारण पाहुनाहरू उपस्थित भएपछि अन्तिम समयमा बिहे नै रद्द गर्नुपर्‍यो ।

आफ्नो बिहेको दिन बच्चा जन्माएको घटना आफ्नो जीवनको महत्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बेहुली रेबेका बताउँछिन् ।

रेबेका र निक पछिल्लो पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसक्रममा रेबेका गर्भवती भएकी थिइन् । आगामी जून २० मा बच्चा जन्मिने मिति डाक्टरले उनलाई दिएका थिए । तर त्योभन्दा एक महिना अगाडि नै उनको बच्चा जन्मियो ।

द मिररका अनुसार बिहेको दिन बेहुलीले बच्चा जन्माएर बिहे समारोहनै रद्द गर्नुपर्दा झण्डै २० लाख रुपैयाँ बराबरको रकम नोक्सान भयो । रेबेकाले आफ्नो बिहेको दिन जन्माएको छोराको नाम इयान विलियम चीथम राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय