काठमाडौं । सरकारले विदेशमा बस्ने नेपालीहरुको लागि आईपीओमा कोटा छुटाउने भएको छ । यो निर्णय आँउदो आर्थिक बर्षदेखि कार्यान्वयन हुने छ ।
आर्थिक वर्ष २०७९।८० को बजेटमा वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा केही प्रतिशत सेयर आरक्षण गर्ने तयारी भएको छ। विदेशमा रहेको नेपाली कामदारहरुका लागि १० प्रतिशत सेयर आरक्षणको व्यवस्था गरिने बजेटमा उल्लेख भएसँगै यसबारे थप कौतुहल पनि बढेको छ।

आईपीओ निष्कासन गर्दा हरेक कम्पनीले कर्मचारी, स्थानिय वासिन्दा र सामुहिक लगानी कोषलाई विशेष कोटा छुट्याउने गरेको छ । त्यस्तै आरक्षण वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि छुट्याउन लागिएको हो ।
यस आरक्षण कोटामा आवेदन दिन जो कोहीले पाउँदैनन् । आवेदन दिनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेश गएका नेपाली कामदारले मात्र आईपीओमा आवेदन दिन पाउने कार्यविधमिा उल्लेख छ ।
उक्त आरक्षण कोटाबाट आवेदन दिने नेपाली कामदारको केवाईसी भेरिफिकेसन अनलाइनबाटै हुने व्यवस्था छ ।