गुल्मीको मुसिकोटको नगर कार्यपालिकामा छन्त्याल जातिको प्रतिनिधित्वको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी

मुसिकोट गुल्मी-मुसिकोट नगरपालिकाको नगरपालिका सदस्यमा अल्पसँख्यक छन्त्याल जातिको समानुपातिक सहभागिताका लागि नेपाल छन्त्याल सँघले माग गरेको छ ।

राज्यको समानुपातिक समावेशी व्यवस्था अनुरुप नेपालको संविधान २०७२ को धारा २२३ को उपधारा १ बमोजिम दलित वा अल्पसँख्यक समुदायबाट तीन जना नगरकार्यपालिका सदस्यमा मनोनित हुने व्यवस्था छ र त्यहि मनोनयनमा मुसिकोटमा बसोबास गर्ने अल्पसँख्यक छन्त्याल जातिको प्रतिनिधित्वको माग छ ।

नेपाल छन्त्याल सँघका केन्द्रीय उपाध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार लोक प्रसाद छन्त्यालले एक प्रेस विज्ञप्ति जारि गरि मुसिकोट नगरकार्यपालिकामा छन्त्याल जातिको प्रतिनिधित्वका लागि जोडदार आवाज उठाएका छन ।

स्थानीय तहको निर्वाचन सकिएसँगै दलित र अल्प सँख्यक समुदायबाट नगरकार्यपालिका सदस्यका लागि यहि जेठ १५ गते हुने निर्वाचनमा छन्त्याल समुदायबाट प्रतिनिधित्व भएन भने मुसिकोटमा बसोबास गर्ने यो समुदाय आन्दोलनमा उत्रिने चेतावनि समेत दिईएको छ । आन्दोलनबाट हुने क्षतिको जिम्मेवार मुसिकोट नगरपालिका नै हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

मुख्य रुपले म्याग्दी, गुल्मी,कास्की लगायत र केही छिटफुट अन्य जिल्लामा बसोवास गर्ने यो जाति नितान्त आदिवासी जनजातिमा पर्छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा छन्त्याल जातिको बसोबास रहेको छ।(ग्लोबल आवाजबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय