अधुरा योजना पुरा गर्दै नयाँ नमुना योजना ल्याउँछौ : नगरप्रमुख खरेल

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जीवन खरेलले अघिल्लो स्थानीय सरकारले सञ्चालन गरेका योजनाहरु पुरा गर्दै नयाँ नमुना योजना ल्याउने गरी अगाडी बढ्ने बताएका छन् ।

पदबहाली ग्रहण पश्चात नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खरेलले नगरपालिकामा सञ्चालित ठुला अर्थात गौरवका योजनालाई निरन्तरता दिने र अन्य विकासका पूर्वाधारहरुलाई सम्पन्न गर्दै थप नमुना योजनाहरु ल्याउने गरी आफुहरु अगाडी बढेको बताए ।

एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिलेसम्म ७४.७४ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको भन्दै उनले आफ्नो कार्यकालमा त्यसलाई सतप्रतिशत पुर्याउँदै शुद्ध खानेपानीको पहुँचमा नागरिकलाई पुर्याउने बताए । त्यस्तै सडक सञ्जाल अन्तर्गत ग्रामीण सडक र रिगंरोडको ट्रयाक खोल्ने काम सम्पन्न भएको भन्दै उनले ती सडकहरुको स्तरवृद्धि गर्ने र केही मुख्य सडकहरु कालोपत्रे गर्ने गरी आफुहरुले योजना बनाएको जानकारी दिए ।

‘कृषि क्षेत्रमा पनि उल्लेख्य कामहरु भएका छन् खरेलले भने-अब कृषकको उत्पादनको बजारीकरणको ग्यारेन्टी गर्ने र युवाहरुलाई उद्यमसगं जोड्नु आफुहरुको प्रमुख प्राथमिकता रहने समेत स्पष्ट पारे ।’ उत्पादन बढाउँदै कृषकहरुमा व्यवसायीकताको लहर ल्याउने गरी कार्यक्रम निर्माण गर्न आफुहरु छलफल गरिरहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनकै क्रममा उनले युवाहरुलाई स्वरोजगार बनाउन उनीहरुलाई सहकारीसगं जोड्दै “युवा उद्यम सहकारी”कार्यक्रम सञ्चालन गर्ने र जसअन्तर्गत युवाहरुलाई सहकारीमा सगंठित गरी उद्यम र रोजगारसगं जोड्ने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

खानेपानीको क्षेत्रमा उल्लेख्य काम भएकाले अब सिँचाईको क्षेत्रमा काम गर्ने र कृषकहरुलाई उत्पादन बढाउने किसिमका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । अधिकाशं वडाहरुमा स्वास्थ्य चौकी अथवा बर्थिङ सेन्टर भवनहरु निर्माण भईसकेकाले ती स्वास्थ्य केन्द्रहरुमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत हुने गरी स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । त्यस्तै उनले अत्यावश्यक आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि वस्ती वस्तीमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य स्वयं सेविकाहरुलाई प्राथमिक उपचार बाकस केही दिनमै वितरण गर्न लागिएको बताए ।

खरेलले स्थानीय पाठ्यक्रम निर्माण गर्ने र उक्त पाठ्यक्रम सीप विकाससगं जोड्ने गरी निर्माण गर्न लागिएको भन्दै सदाचार शिक्षा र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि योग्य र उत्कृष्ट शिक्षकलाई पुरस्कृत एवम् प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु पनि ल्याउने बताए ।

यो पनि पढ्नुहोस् – सागर भण्डारी,बडिगाड । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पदबहाली ग्रहण गर्नुभएको छ । अध्यक्ष पदमा निर्वाचित भएपश्चात थापाले जेष्ठ ६ गते पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

अध्यक्ष पदको कार्यभार सम्हाल्दै थापाले ३ महत्वपूर्ण निर्णय समेत गर्नुभएको छ । जसअनुसार बडिगाड गाउँपालिकामा स्वास्थ बिमा गर्न छुट नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने प्रथम निर्णय सार्वजनिक गर्नुभएको छ । गाउँबासीलाइ स्वास्थ्य बिमाको महत्व बुझाउने र स्वास्थ्य सेवाको सहज र सरल पहँच पुर्याउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिका र प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने र बालविकास केन्द्रको व्यवस्थापन गर्ने निर्णय भएको थापाले बताउनुभयो । निर्णय सार्वजनिक गर्दै थापाले बडिगाड गाउँपालिकाको विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लाग्ने समेत बताउनुभय‍ो ।

उहाँले विगतको सरकारमा भएका महत्त्वपूर्ण र राम्रा कामहरुलाई अात्मसाथ गर्दै सामान्य नागरिकको जिवनस्तर परिवर्तन हुने खालका कार्यक्रमहरु अाफ्नो कार्यकालमा सञ्चालन हुने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय