एमाले कार्यकर्ताहरुद्वारा मुसिकोटमा फेरि काँग्रेसको चुनावी घरदैलोमा अबरोध

गुल्मी । मुसिकोट नगरपालिका वडा नं १ पौँदीअमराई तनावग्रस्त बनेको छ ।

स्थानीय निर्वाचनका लागि घरदैलो तथा चुनावी अभियान गरिरहेको काँग्रेसको चुनाव प्रचारप्रसारमा प्रयोग गरेको स्पिकरको तार एमाले कार्यकर्ताले काटिदिएपछि उत्पन्न विवादले उग्र रुप लिन थालेपछि तनावग्रस्त बन्न थालेको हो ।

एमालेको १०/१२ वटा मोटरसाईकलमा आएका युवाहरुले शान्तिपूर्वक घरदैलो गरिरहेको काँग्रेसको समुह माथि उत्तेजित हुँदै स्पिकरको तार काटिदिएका थिए ।

त्यसलगत्तै सुरु भएको विवाद अहिले उत्कर्समा पुग्न थालेपछि पौदीअमराई तनावग्रस्त बनेको हो । एमालेले शान्तिपूर्वक चुनावी अभियान गर्नुपर्नेमा कानुन र निर्वाचन आचारसहिंताको धज्जी उडाउँदै हिसांत्मक गतिबिधि गरिरहेको छ ।

मौन अवधी सुरु हुनै लाग्दा समेत एमालेको शैली परिवर्तन हुन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय