आवेदन दिन सबैलाई शेयर पक्का,आजदेखि खुल्यो नयाँ आइपीओ

काठमाडौ – यो महिना लागेसँगै आइपीओमा आवेदन खुल्ला हुनेक्रम तिब्र बनिरहेको छ ।

आधा दर्जन हाराहारी कम्पनीले आइपीओ निष्कासन गरेका छन् भने कति कम्पनी निष्कासनको तयारीमा रहेका छन् । यसै बीच हिमालयन हाइड्रोपावर लिमिटेडले आइतबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । -आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय