काठमाडौं – रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्कासन छिटोमा जेड ४ गते र ढिलोमा जेठ ११ गते बन्द हुनेछ ।आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रबर्द्धन गरिरहेको पिलवुवा खोला जलविद्युत् १०.३० मेगावाट आयोजनाको कुल अनुमानित लागत प्रतिमेगाबाट १८ करोड ५ लाख १५ हजार रुपैयाँ छ ।