मुसिकोटको केन्द्र रहेको वडा नम्बर ७ वामीमा गठबन्धनको तर्फबाट छानिए सर्वसम्मत उम्मेदवारहरु

आउदो बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि गुल्मी मुसिकोटको वडानम्बर ७ बाट गठबन्धनको तर्फबाट साझा उम्मेदवार सर्वसम्मत भएका छन ।

गठबन्धनको निर्णयानुसार वडा नम्बर ७ वामीमा वडाध्यक्ष माओवादीलाइ परेको थियो सोहि अनुसार अध्यक्षमा डिलाराम सापकोटा (राजन) उम्मेदवार सर्वसम्मत बन्नुभएको हो । त्यस्तै काङ्ग्रेसलाइ परेको ४ वटा सदस्यहरुमा खुल्ला पुरुषमा पार्टीका वडानम्बर ७ का कोषाध्यक्ष समेत रहेका काफलटोला, टारका लोकनाथ काफ्ले रहनुभएको छ ।

अर्का पुरुष उम्मेदवारतर्फ चुरा बहादुर राना रहनुभएको छ । खुल्ला महिलातर्फ सपना राना (नितु) र दलित महिलातर्फ रुपा नेपाली रहनुभएको काङ्ग्रेसले जनाएको छ ।

गठबन्धनमा उम्मेदवारीको विषयमा केहि छलफलको विषय केहि लम्बिएपनि अब भने सबै निचोड आइसकेकोले समग्र गठबन्धन एउटै स्वरका साथ अगाडि बढिरहेको नेताहरुले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय