मुसिकोट नगरपालिकामा उपमेयरका उम्मेद्वार श्रीरामको चर्चा चुलिदै

गुल्मी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीको मुसिकोट नगरपालिकामा गठबन्धनबाट उपमेयरको टिकट पाएका एकिकृत समाजवादीका नेता श्रीराम महतको चर्चा अहिले निक्कै चुलिएको छ।

आसन्न पालिका निर्वाचनमा एक अध्ययनशील,निडर र भिजन भएको युवा नेताकारुपमा महतको चर्चा चुलिएको हो। गुल्मीका कुल १२ पालिकामध्ये कुनै पनि पालिका समाजवादीले पालिका प्रमुख नपाएता पनि महतले उपमेयरमा सर्वाधिक मत ल्याएर विजयी हुने स्थानियको विश्वास छ ।

महत एकिकृत समाजवादीका संस्थापक जिल्ला अध्यक्ष समेत हुन् । यतिखेर घरदैलो अभियानमा व्यस्त महतले दलिय स्वार्थभन्दा पनि नगरपालिककाका सबै युवाको साझा उम्मेद्वार भएको र सबैले विश्वास गरेको हुनाले कसैमाथी मतभेद नराखि निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गठबन्धन हुनु अघि एकिकृत समाजवादी जिल्ला कार्य समितिको बैठकले महतलाई मेयरमा सर्वसम्मत उमेद्बार चयन गरेको थियो ।

चुनावमा घरमै पुगेर जेष्ठ नागरिकबाट आशिर्वाद लि‌ंदै महत
उक्त पालिकामा गठबन्धनका तर्फबाट काँग्रेसका हरिनारायण सापकोटा मेयर पदमा भिड्दैछन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार १२ पालिका प्रमुखका लागि ७३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमध्ये २७ जनाले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

घरदैलो कार्यक्रममा श्रीराम महत -१२ उपप्रमुख पदका लागि ५१ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यसमध्ये ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ९३ जना वडाध्यक्ष पदका लागि ३ सय ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता छ। जसमध्ये ९१ जनाले वडाध्यक्ष पदमा स्वातन्त्र उम्मेदवारी दिएका छन् । १२ वटा स्थानीय तह रहेको गुल्मीमा ४८९ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय