काठमाडौं । केही समयअघि मात्र शेयर निष्कासन गरेको सीवाईसी नेपाल लद्युवित्तको प्राथमिक शेयर आज बाँडफाँड भएको छ ।
माग भन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट कम्पनीको शेयर बाँडफाँड गरिएको हो । आवेदन दिने मध्य कुल ३६ हजार ९४८ जना भाग्य मानिले दश कित्ताको दरले शेयर पाएका छन । जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकामा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

सीवाईसी नेपालले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । सोमध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ०।५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीवाईसी नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।