काठमाडौं – अपी पावरले बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम रहेको छ ।
कम्पनीले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । बुधबार बेलुकी सम्ममा कम्पनीको शेयरमा एक लाख २ हजार ७ सय १६ जनाले ६८ करोड ८६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ६८ लाख ८६ हजार २ सय ८६ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।