करिब ३५ हजार पदका लागि डेढ लाखको उम्मेदवारी, राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै

केशव भुल – काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् ।

मंगलबार रातिसम्मको तथ्यांकअनुसार सात सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि एक लाख ५० हजार चार सय ९४ जनाको उम्मेदवारी परेको छ । ६ हजार सात सय ४३ वडा सदस्यसहित ३५ हजार दुई सय २१ पदका लागि स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो । जसमा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिकाको प्रमुखका लागि तीन हजार चार सय ६६, उपप्रमुखका लागि दुई हजार एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै चार सय ६० गाउँपालिकाका अध्यक्षमा तीन हजार तीन सय ७८ र उपाध्यक्षमा दुई हजार तीन सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी ६ हजार सात सय ४३ वडा अध्यक्षमा ३४ हजार नौ सय ४३, ६ हजार सात सय ४३ वटै महिला वडा सदस्यमा २६ हजार ६३ र दलित महिला वडा सदस्यमा २३ हजार चार सय ७० जनाको उम्मेदवारी परेको छ भने प्रत्येक वडामा दुईजना खुला वडा सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी -m निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट उम्मेदवारी परेको छ । निर्वाचन आयोगको गएराति नौ बजेसम्मको विवरणअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामध्ये प्रमुख पदमा नेकपा एमालेबाट दुई सय ८८ जनाको उम्मेदवारी परेको छ । यस्तै दुई सय ८३ स्थानीय तहमा उपप्रमुख पदमा उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेबाट अध्यक्ष पदमा चार सय ४६ र उपाध्यक्ष पदमा चार सय ४५ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा दुई सय ६३, उपप्रमुखमा दुई सय १०, अध्यक्षमा तीन तीन सय ८२ र उपाध्यक्ष पदमा तीन सय ५९ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई सय ४८ र उपप्रमुखमा दुई सय २७, अध्यक्ष पदमा दुई सय ९१ जनाको उम्मेदवारी परेको छ ।

स्वतन्त्रबाट झन् धेरै – स्वतन्त्रबाट प्रमुख पदमा एक हजार तीन सय ७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । यस्तै अन्यबाट प्रमुख पदमा एक हजार दुई सय ९१, अध्यक्षमा एक हजार दुई सय ३५, उपप्रमुखमा एक हजार २१, उपाध्यक्षमा नौ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उपप्रमुखमा राप्रपाले माओवादीलाई उछिन्यो – उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)लाई उम्मेदवारी दर्तामा उछिनेको छ । विवरणअनुसार नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा तीन सय १४ जनाको उम्मेदवारी दर्ता भएको छ । विवरणअनुसार वडा अध्यक्षमा एमालेबाट ६ हजार ४ सय ६८, नेपाली कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट चार हजार तीन सय ८५, स्वतन्त्रबाट पाँच हजार ८१ र अन्यबाट वडा अध्यक्षमा १२ हजार एक सय ८८ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला सदस्यका लागि एमालेबाट ६ हजार तीन सय १८, नेपाली कांग्रेसबाट पाँच हजार नौ सय ९६, माओवादी केन्द्रबाट चार हजार एक सय सात, राप्रपाबाट दुई हजार ८९ र महिला सदस्यमा अन्यबाट सात हजार पाँच सय ५७ को उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार एक सय १२, कांग्रेसबाट पाँच हजार सात सय ३१, माओवादी केन्द्रबाट तीन हजार आठ सय ३५, राप्रपाबाट एक हजार ६ सय ३३ जना र दलित महिला सदस्यमा अन्यबाट ६ हजार एक सय ६० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, दुई पदको खुला सदस्यका लागि नेकपा एमालेबाट १२ हजार ६ सय ७०, कांग्रेसबाट ११ हजार नौ सय ३४, माओवादी केन्द्रबाट आठ हजार पाँच सय ३८, राप्रपाबाट चार हजार ६ सय ३० र दुई पदको खुला सदस्यकै लागि अन्यबाट १६ हजार आठ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

केही स्थानबाट विवरण आउन बाँकी – अधिकांश स्थानबाट उम्मेदवारी दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भए पनि केही स्थानबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंगलबार रातिसम्म मधेश प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही स्थानीय तहको विवरण आउन बाँकी रहेकोमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भइसकेको छ ।

मंगलबार रातिसम्ममा बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाइ गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाइ, लहान र कर्जनाह, र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्रविष्ट भइसक्ने जनाइएको थियो । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय