चरम यौन आनन्द कसरि प्राप्त गर्न सकिन्छ ?

एजेन्सी – दम्पती वा यौन पार्टनरबीच आपसी समझदारी, प्राक्क्रीडाको अज्ञानता, लिंग घर्षणमा मात्र ध्यान दिनाले पटक–पटकको यौन असन्तुष्टिका कारण वैवाहिक सम्बन्ध बिग्रन बेर लाग्दैन । मानसिक, शारीरिक कारणले गर्दा कतिपय व्यक्तिले चरमसुख प्राप्त गर्न सक्दैन ।

घरायसी, पेशागत, आर्थिक अवस्थाले यौन जीवनलाई असर पु¥याउन सक्छ । त्यसै गरी मानव विशेषको दैनिक क्रियाकलाप एवं वरपरको वातावरणको प्रभाव पनि यौन जीवनमा पर्छ । कतिपय व्यक्तिमा शीघ्र स्खलन, यौन उत्तेजनाको कमी, निःसन्तान, लिंगको बनावटका कारण चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । उनीहरूको यौन जीवन सफल हुँदैन । यसबाहेक गोप्यताको कमी, एकान्त वातावरणको कमी, चिन्ता, तनाव, अनिच्छित गर्भ तथा यौन रोग लाग्ने आशंकाका कारणले पनि यौन सन्तुष्टि पाउन समस्या हुन सक्छ ।

अविवाहित अवस्थामै यौन सम्बन्ध, विवाहेतर सम्बन्धका कारण पनि यौन सन्तुष्टि पाउन गाह्रो हुन सक्छ । एकै किसिमको जीवनयापन, श्रीमान्–श्रीमतीबीच विश्वासको कमी, करकाप वा बाध्यतापछिको यौन सम्बन्ध, वैवाहिक बलात्कार, यौन हिंसाका कारणले पनि चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कतिपय व्यक्ति सानै उमेरमा यौन हिंसा वा यौनजन्य अपराधबाट पीडित हुँदा पछि यौन सन्तुष्टि प्राप्त गर्न गाह्रो हुन्छ ।

जीर्ण खालको स्वास्थ्य समस्याका साथै यौन उत्तेजनामा खलल पुग्ने खालको शारीरिक चोटका कारण पनि यौन सन्तुष्टि पाउन समस्या हुन सक्छ । हालै ठूलो शल्यक्रिया, कतिपय औषधि तथा अत्यधिक मद्यपान एवं लागुपदार्थको सेवनका कारण पनि यौन सम्बन्ध सफलतापूर्वक स्थापित गर्न सकिँदैन । महिला महिनावारी भइरहँदा, योनिमार्ग सुक्खापनको समस्या हुँदा, योनि संकुचन एवं पीडादायी यौन सम्पर्कका कारण पनि चरमसुख प्राप्त गर्न सक्दैनन् ।

कतिपय अवस्थामा यौन साथी एकले अर्कालाई आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ । मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान दिनु हुन्न, प्राक्क्रीडा अर्थात् फोर प्लेमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

प्राक्क्रीडा अर्थात् फोर प्ले भन्नाले लिंग र योनिको सम्पर्कअघि शारीरिक–मानसिक रूपमा यौन सम्पर्कका लागि आफूलाई तयार पार्न तथा यौन उत्तेजना ल्याउन जोडीले एकापसमा गरिने क्रियाकलाप हो । सफल यौन केवल यौनांगको मिलन मात्र होइन, दम्पतीबीचको आपसी सहयोगले मात्र दुवै जनाले अधिकतम सन्तुष्टि पाउन सक्छन् ।

यौन सन्तुष्टिका लागि तनावरहित वातावरणका साथै दुवै पार्टनर खुशी हुनुपर्छ । हतारमा यौन सम्पर्क राख्दा वीर्य स्खलनलगत्तै पुरुषलाई सन्तुष्टि भए पनि महिलालाई नहुन सक्छ । त्यसैले महिला पार्टनरले पनि बराबरी यौन सन्तुष्टि पाउन यौन कार्यअगाडि प्राक्क्रीडाको विशेष महत्त्व छ ।

महिला र पुरुषबीच यौन चक्रमा निश्चित रूपमा भिन्नता छ । महिलालाई चरम सन्तुष्टिमा पुग्न लामो समय लाग्छ भन्ने कुरा पुरुष पार्टनरले थाहा पाउन जरुरी छ । पुरुषहरूमा वीर्य स्खलनसँगै लिंगमा शिथिलता पुनः उत्तेजनामा आउन समय लाग्छ । महिलाले एउटै चक्रमा पनि पटक–पटक चरमसुख प्राप्त गर्न सक्छन् । प्राक्क्रीडाको मद्दतले महिला–पुरुष दुवैले अधिक सन्तुष्टि प्राप्त गर्न सक्छन् ।

प्राक्क्रीडाको क्रममा एकअर्कालाई सुम्सुम्याउनेदेखि चुम्बन गर्ने, अँगालो मार्ने, हल्का चिमोट्ने, टोक्ने, दबाउने, काउकुती लगाउने कार्य गर्न सकिन्छ । मधुरो प्रकाश, हल्का पफ्र्युम, सुमधुर संगीत एवं थोरै मद्यपानले थप मादकता प्रदान गर्छ ।

यौनचक्रका विभिन्न चरणअनुसार स्त्री यौनांगमा विभिन्न परिवर्तन आउँछ । मुख्यतयाः योनिद्वार, भगांकुरमा रक्त प्रवाह बढ्नुका साथै स्तन, अनुहार, छाला, कानको लोतीमा रातो हुने, मुटुको चाल बढ्ने आदि हुन्छ । यौन उत्तेजनाको निरन्तरतासँगै चरमसुख प्राप्त हुने क्रममा स्त्री जननेन्द्रियका मांसपेशी पटक–पटक खुम्चिने, फुक्ने हुन्छ ।

महिला र पुरुषमा चरमसुख अलि फरक छ । यौन क्रिया पूर्व पर्याप्त प्राक्क्रीडाको अभावमा दुवै जनाले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । चरमसुख प्राप्त भएसँगै पुरुषमा स्खलनसँगै शिथिलता आउँछ । पुरुषमा चरमसुखको अत्यधिक उचाइमा वीर्य थैली, पुरुषग्रन्थी एवं शुक्रकीटवाहिनी नलीमा संकुचन उत्पन्न भई वीर्य स्खलन हुन्छ । र, पुरुषले सन्तुष्टि महसुस गर्छ ।

पुरुषले यौन सन्तुष्टि पाए पनि महिलाले आफ्नो असन्तुष्टि व्यक्त गर्दैनन् । विवाहित महिला नै भए पनि आफ्नो असन्तुष्टि व्यक्त नगरेको खण्डमा पटक–पटकको यौन असन्तुष्टिपछि महिलामा मानसिक समस्या उत्पन्न हुन बेर लाग्दैन । त्यसैले आफ्नो जीवनसाथीले पनि सन्तुष्टि प्राप्त गरे–नगरेको सोध्नु आवश्यक छ ।

महिलाको तुलनामा पुरुषमा चरमसुख पछिको अवधि लामो हुन्छ । यस अवधिमा पुरुषलाई तुरुन्त यौन उत्तेजनमा ल्याउन तथा फेरि यौन क्रियाकलापका लागि तयार पार्न गाह्रो हुन्छ । यसको ठीक उल्टो महिलामा भने चरमसुखलगत्तै पनि पटक–पटक यौन उत्तेजना भई फेरि चरमसुख प्राप्त गर्न सक्छ ।

व्यक्ति विशेषको आफनै स्वभावअनुसार चरमसुख पाउने तथा यसपछि पुनः उत्तेजनामा आउने अवधि पनि फरक–फरक हुन्छ । यौनांगको प्रत्यक्ष घर्षण हुनु पूर्व दम्पती नै प्राक्क्रीडामा लिप्त भएमा अत्यधिक यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । सफल यौन जीवनले वैवाहिक जीवनलाई पनि सफल बनाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय