गुल्मीको मुसिकोट २ मुसिकोटमा काङ्ग्रेसको तर्फबाट रबिन्द्र के.सी सर्वसम्मत वडाध्यक्षको उम्मेदवार

मुसिकोट गुल्मी – आसन्न बैशाख ३० मा हुन गैरहेको स्थानीय निर्वाचनको लागि नेपाली काङ्ग्रेस मुसिकोट २ मुसिकोटले रबिन्द्र केसीलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।

केहि समय अगाडिदेखि वडाध्यक्षकै लागि चर्चामा रहेका रबिन्द्र सोमबार पार्टी कार्यालयमा बसेको काङ्ग्रेसको बैठकले उनलाइ सर्वसम्मत घोषणा गरेको काङ्ग्रेस श्रोतले जानकारी दिएको छ । नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्य समितिका सदस्य समेत रहेका रबिन्द्र के सी नेपाल तरुण दल मुसिकोट नगरपालिकाका सचिव र मुसिकोट २ मुसिकोटका अध्यक्ष समेत हुन ।

उनको कृयाशिलताले उनलाइ छोटो समयमै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश तरुण विभागको सदस्यसम्म पुराउन सफल भएको छ । मुसिकोटमा कृयाशिल खड्गदेवि युवा क्लवका अध्यक्ष समेत रहेका रबिन्द्र सामाजिक क्षेत्रमा निकै सफल मानिन्छन । सानासाना बालबालिका देखि युवायुवती,ज्येष्ठ नागरिक सबैका माझमा उत्तिकै लोकप्रिय उनी सहयोगि र दयालु स्वभावका छन ।

समुदायमा कसैलाइ अप्ठ्यारो पर्दा होस वा सामाजिक काम पर्दा होस उनी सबैभन्दा पहिला हाजिर हुन्छन र आफ्नो जिम्मेवारीतर्फ अग्रसर भैहाल्छन । विशेष गरि आफ्ना बाबु स्वर्गीय इन्द्रध्वज खत्रीको सामाजिक सेवा भावबाट प्रभावित उनी समुदायमा हुने अन्याय अत्याचारको विरुद्धमा एक्लै भएपनि खरो रुपमा उत्रने साहसिक युवाका रुपमा चिनिन्छन ।

आफ्ना दौतरीका माझ हसिलो रुपमा प्रस्तुत हुने उनी छलकपट गर्नेहरुको अगाडि भने आक्रामक रुपमा नै प्रस्तुत हुने भएकोले उनीदेखि डराउछन । उमेरले जम्मा २७ वर्षका उनी व्यवहारले भने निकै खारिएका अनुभवि युवा हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय