मुसिकोटका नगरप्रमुख पदका उम्मेदवार सापकोटाले १ नं वडाबाट थाल्नुभयो जनताको सुझाव सकंलन कार्य

गुल्मी । नेपाली काँग्रेसको तर्फबाट गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार हरिनारायण सापकोटाले मतदाता भेटघाट तथा चुनावी कार्यक्रम थाल्नुभएको छ । सापकोटाले शुक्रवार मुसिकोट नगरपालिकाको वडा नं १ का विभिन्न स्थानहरुमा चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गर्नुभएको हो ।

वडा नं १ बागेंबाट चुनावी अभियान सुरु भएको नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले जनाएको छ । मेयर पदका उम्मेदवार सापकोटाले जनताहरुको अवस्था र उनीहरुका आवश्यकता बुझ्दै मतदाताहरुसगं परिचयात्मक कार्यक्रम र उनीहरुका राय सुझाव सकंलन गर्नुभएको हो । शुक्रवार भौगोलिक रुपले राज्यको नजरबाट टाढा रहेका वडा नं १ को बागें,भ्रमाचौर,कुसेनी,ओरगती,घम्पुङ लगायतका क्षेत्रका स्थानीयहरुसगं भेटघाट गर्नुभएको छ ।

उक्त ठाउँमा भएका चुनावी सभालाई सम्बोधन गर्दै सापकोटाले नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले सर्वसम्मत रुपमा आफुलाई नगरप्रमुख पदमा उम्मेदवार चयन गरेर जिल्लामै राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले कम्युनिष्टहरुले जस्तो नेपाली काँग्रेसले जनतलाई भ्रम सिर्जना गरेर लोभमा नपार्ने भन्दै बोलेको कुरा पुरा गरेरै छाड्ने नेपाली काँग्रेसको लोकतान्त्रिक पद्धती भएको बताउनुभयो । मुसिकोटको विकास र जनताको सेवाका लागि आफु निर्वाचित भए पश्चात प्रतिबद्ध भएर लाग्ने भन्दै पछिल्लो समय नेता धनी हुने र जनता सधै गरिबको गरिब रहने परिपाटीको अन्त्य गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहने धारणा व्यक्त गर्नुभयो ।

सापकोटाले अघिल्लो ५ वर्ष काँग्रेसले निर्वाचनमा पराजय बेहोर्दा आम जनताले भोग्नुपरेका पीडाहरुलाई चिर्नका लागि यसपल्ट नेपाली काँग्रेसलाई निर्वाचन हार्ने छुट नभएको भन्दै उहाँले रुख चिन्हमा भोट दिई अत्यधिक बहुमतले विजयी गराउन आग्रह समेत गर्नुभयो । काँग्रेसभित्र अन्तरघात हुन्छ भनेर भर्म छिर्ने काममा कम्युनिष्टहरु लागेको र अन्य विभिन्न भ्रमहरु छर्न कम्युनिष्टहरु माहिर रहेको भन्दै ती भ्रम चिर्नका लागि तत्पर भएर बस्न उहाँले सबै मतदातासगं आग्रह पनि गर्नुभयो । अझै पनि कतिपय बस्तीमा मोटरबाटो नपुग्नु, खानेपानीको पहुँच नपुग्नु लगायतका आधारभूत र मौलिक अधिकारको प्रत्याभुत समेत स्थानीय सरकारले गराउन नसक्नु निकै दुःखद भएको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरेले हरिनारायण सापकोटा जस्तो सक्षम,ईमान्दार,समाजसेवी,सादगी र लोकप्रिय उम्मेदवार नगरप्रमुखको रुपमा पाउनु गौरवको विषय बनेको भन्दै नगरबासीका समस्या समाधान गर्न नेपाली काँग्रेस जिम्मेवार बन्ने बताउनुभयो । हरिनारायण सापकोटाले साविकको वामी गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भए पश्चात गरेका कामहरुले त्यहाँका जनताको जीवनस्तर सुधार्न सहयोग पुगेको भन्दै उहाँले सक्षम र विकासप्रेमी नेतालाई मतदान गरी विजयी बनाउन आग्रह गर्नुभयो । घिमिरेले कम्युनिष्टहरु जनताको सेवा भन्दा पनि कमाउ धन्दामा लागेकाले नागरिकको जीवनस्तर परिवर्तन हुन नसकेको भन्दै अमेरीकाको सुख सयल त्यागेर पुनः नेपाल फर्केर आफ्ना जनताको सेव ागर्न अगाडी सर्नुभएका सापकोटालाई भोट नदिए ईतिहासले धिक्कार्ने टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य झविलाल भण्डारीले हरिनारायण सापकोटा मात्रै मुसिकोटको एक सक्षम र ईमान्दार नेता भएकाले मुसिकोटको विकास हेर्न यसपल्ट नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अघिल्लो नेकपा एमालेको सरकारले जतिनै भ्रम सिर्जन ागर्न खोजेपनि उनीहरुले के कति काम गरे भन्ने कुरामा जनतामा छर्लङ्ग रहेको बताउनुभयो ।

त्यस्तै नेपाली काँग्रेस महाधिवेशन प्रनिनिधि ज्ञानहरी सापकोटाले जनताका माग सम्बोधन गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेस अनेकौँ भ्रम सिर्जना गर्ने पार्टी नभएकाले अघिल्लो निर्वाचनमा पराजय भोग्नु परेको तर अब जनताले काँग्रेसको पराजयले भोग्नुपरेको पीडा बुझिसकेको बताउनुभयो । उहाँले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले विजयीको झण्डा फर्फराउने समेत दाबी गर्नुभयो ।

कार्यक्रममा सहभागी स्थानीयहरुले उम्मेदवार र नेताहरुलाई आफ्ना राय सुझाव प्रस्तुत गरेका थिए । उनीहरुले नगरप्रमुख पदका उम्मेदवार सापकोटालाई विजयको अग्रीम शुभकामना समेत व्यक्त गरे । सोही अवसरमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट अघिल्लो निर्वाचनमा वडा नं १ बाट वडा सदस्यको उम्मेदवार मिना विश्वकर्मा लगायत विभिन्न पार्टी परित्याग गरि १ दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमको सञ्चालन नेपाल तरुण दल मुसिकोट नगरकार्यसमिति सभापति भिम पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय