मुसिकोटमा जवरजस्ती एमालेमा राखेको भन्दै वडा कमिटी अध्यक्षले गरे जिम्मेवारीमा नबस्ने घोषणा

गुल्मी । मुसिकोट नगरपालिका वडा नं २ मा नेकपा एमालेका वडा कमिटी अध्यक्षले आफुलाई जवरजस्ती अध्यक्षमा जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् ।

यस अगाडी रहेको वडा कमिटी नेकपा एसमा समाहित भएपछि एमालेले आईतबार वडा कमिटी अध्यक्षमा कृष्ण घिमिरेलाई चयन गरेको भनी प्रचारबाजी गरेका थियो ।

तर वडा कमिटीमा चयन गरिएको भनिएका घिमिरेले बेलुकी एक विज्ञप्ती जारी गर्दै आफुले यो जिम्मेवारी लिन नसक्ने भन्दै जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन् । विज्ञप्तीमा घिमिरेले आफु त्यति सन्तुष्ट र आकाक्षां नहुँदा पनि जबरजस्ती वडा कमिटीको जिम्मेवारी दिईएको भन्दै आफुले वैकल्पिक नेतृत्वको आशा राख्दै आफु अध्यक्ष पदमा नबस्ने निणर्य गरेका छन् ।

उनले आफुलाई बहकाउमा पारेर उच्च पदर्थ नेताहरुले टिका ग्रहण गराएको र त्यस अवसरमा आएका केही मन्तव्यका कुराहरुलाई आपत्ति समेत जनाएका छन् । उनले जिम्मेवारी अन्य मान्छेलाई पार्टीमा बस्न आग्रह गर्दै घोषणा गरेका हुन् ।

शनिवार उक्त वडाबाट नेकपा एकीकृत समाजवादीमा चर्चित नेता एवम् एमालेका खम्बाहरु प्रवेश गरेपछि मुसिकोट २ मा एमालेले ठुलो क्षति सामना गर्नुपरेको छ । जानकारहरुका अनुसार आगामी निर्वाचनमा एमाले मुसिकोट २ बाट पत्तासाफ हुने निश्चित बनेको छ ।

घिमिरेले आफु जिम्मेवारीमा नबस्ने निणर्य गरेसगैं त्यहाँ एमालेको नेतृत्व सम्हाल्नेहरुको खडेरी परेको सहजै आँकलन गर्न सकिन्छ । आउदो बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनको लागि काङ्ग्रेसले नगर उप-प्रमुख र अन्य वडाहरुमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्ने काममा अन्तिम बिन्दुमा पुगेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय