अब अविवाहित युवतीहरुले मोवाईल फोन बोक्न नपाईने

आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस ।

अझ स्मार्टफोन मान्छे का हातहातमा पुगेपछि विशेषगरी युवा–युवती त्यसैको दासजस्तो बनेका छन् । सुत्दा सिरानीमै राख्ने हिँड्दा हातैमा बोकिरहने साथीभाइ आफन्त भेटघाटमा पनि मोबाइलमै झुन्डिरहने रातभरि च्याट र सामाजिक सञ्जालमा भुलिरहने युवा युवति कैयौँ छन्।

कुनै पनि कुराको ठिक्क प्रयोग फाइदाजनक हुन्छ भने अधिकप्रयोग हानीकार। त्यस्तै हरबखत स्मार्टफोनमै रमाइरहनेहरुले पनि स्वास्थ्य, जीवनशैलीसँगै सम्बन्धहरु बिगारिरहेका हुन्छन्। तर यो खबर सुन्दा अच्चमम्म लाग्न सक्छ । यो खबर भारतको हो । भारतको एउटा समुदायमा महिलाहरुमाथि कडा नियय लागु गरेको छ ।

गुजरातको बानसकाँठा क्षेत्रको दादंतीवाडा गाउँमा ठाकोर समुदायले अविवाहित महिलाहरुलाई फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको जागरन दैनिकले जनाएको छ । डोकोर समुदायले गत आइतबार गाउँँमा बैठक बसेर उक्त फैसला लिएको समाचारले जनाएको छ ।

अविवाहित महिलाले फोनको प्रयोग गर्न नपाउने ठाकोर समुदायको नयाँ नियमले बताएको छ । यदि कुनै युवतीले यो नियमको उल्लंघन गरेको खण्डमा कडा सजाय हुनुका साथै

केटीको बुबाले डेढ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्छ । समाचारमा उल्लेख गरिए अनुसार मोबाइल फोनबाटै ती दम्पतीले पोइल जाने योजना बनाएका थिए र त्यसै कारण युवायुवतीलाई यस्तो कार्यबाट रोक्नका लागि यसको प्रयोगमा नै प्रतिबन्द्व लगाउने निर्णय गरिएको हो । भारतका कतिपय गाउँका अहिले पनि अन्तरजातीय विवाहलाई प्रतिबन्धित नै गरिएको छ । परिवारको इज्जत धान्नका लागि भन्दै कतिपय यसरी

अन्तरजातीय रूपमा माया प्रेममा प्रेमीहरूको आत्महत्या नै हुने गरेको छ । विवाहमा मनोरञ्जनको लागि बजाईने डिजे पटाकाहरुको खर्चहरु पनि रोकिने छ । कुनै युवतीले परिवारको अनुमति बिना विहे गरेमा त्यो पनि अपराध मानिने छ । सो नियम दांतिवडाका साथ कोटजा गगूदा ओडवा हरियाडा मरपुरिया शेरगढ वेलालवास जस्ता अन्य गाउँमा पनि लागु हुने समाचारले जनाएको छ ।

एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार १८ देखि २९ वर्षसम्मका ६३ प्रतिशत युवा मोबाइल वा ट्याबलेटलाई बेडमा सँगै राखेर सुत्ने गर्छन्। पछिल्लो समय युवाहरु रातभरि नसुत्ने सुत्नेहरु पनि निदाउन नसक्ने र डिप्रेसन बढ्नेमा केही हदसम्म स्मार्टफोनको प्रभाव देखिएको अनुसन्धानले भनेको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय