आजबाट रिभर फल्सको आइपीओ निष्कासन हँदै, को-कोले दिन पाउछन यसमा आवेदन ?

काठमाडौं – रिभर फल्स पावरले आज चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुल्ला गरेको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा वैशाख ११ गतेसम्म र ढीलोमा वैशाख २६ गतेसम्म यो आइपीओ खुला रहनेछ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा राखेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय