मुसिकोटमा पौडि खेल्ने क्रममा डुबेर ९ बर्षिय बालकको म्रुत्यु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा पौडी खेल्ने क्रममा बाडिगाड नदिमा डुबेर ९ बर्षिय बालकको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ निबासी रत्नलाल सापकोटाका ९ बर्षिय छोरा हिरामणी सापकोटा शनिबार दिउँसो पौडी खेल्ने क्रममा बडिगाड नदिमा डुबेर मृत्यु भएको मुसिकोट ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

मृतक सापकोटा साथिहरु सङ्ग खेल्न भनी घरबाट निस्किएका र घर नजिकैका ओम बहादुर बिकका छोरा अबजित बिक सङ्ग पौडी खेल्न नदिमा गएको परिबार श्रोतले जानकारी दिएको छ ।

पौडि खेल्न गएका द्वय हिरामणि र अबजित मदिमा डुबेर थाहा पाएपछि नजिकै कपडा धुँदै गरेका युवाहरुले उद्दारको लागि प्रयास गरेको तर नदिबाट बाहिर निकाल्दा हिरामाणिको ज्यान गई सकेको र अबजित सामान्य रहेको जानकारि प्राप्त भएको छ ।

अहिले उनको शवलाई पोस्टमार्टमका लागि मुसिकोट नगर्पलिकाको सहयोग्म जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय