भोलिदेखि नयाँ आईपीओ सार्वजनिक हुँदै, कति दिने आबेदन ?

काठमाडौं । केही समयको अन्तरालपछि आँउदो चैत ८ गते अर्थात यहि मंगलबारबाट नयाँ आईपीओ सार्वजनिक हुँदै छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनी भने ग्रीन भेन्चर्स लिमिटेड हो ।

यो कम्पनीले मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि फागुन २ गतेदेखि फागुन २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गरिसकेको छ । त्यसैले चैत ८ गतेदेखि खुला हुने आईपीओमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय