काठमाडौं – काठमाण्डौ । स्थानियको लागि प्राथमिक शेयर निष्कासन गर्ने ग्रीन भेन्चर्स लिमिटेडले आँउदो चैत ८ गतेदेखि सार्वसाधारणको लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

आईपीओमा चैत ११ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अबधिमा माग अनुसार आवेदन नपरे चैत २२ गते सम्म मिति थपिने छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । यो आइपीओ २ लाख ८० हजुलार भन्दा धेरैले १० कित्ता शेयर पाउने छन् ।
आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।
कम्पनीको आईपीआलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।