जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ता निराश !

काठमाडौं – सोमबारबाट दोस्रो बजारमा प्रवेश गरेको जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य २ दिन कारोबार हुँदा पनि बढ्न सकेको छैन ।

स्पेशल प्रिओपन सेसनमा कम्पनीको ३१८ रुपैयाँ ६० पैसामा दश कित्ता शेयर कारोबार भएको छ ।त्यसयता अपेक्षित कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । मूल्यमा सर्किट लाग्नको लागि कारोबार समेत धेरै हुनु पर्ने हुन्छ ।

मंगलबार समेत सो कम्पनीको शेयर मूल्य ३१८.६० मै कारोबार भएको छ भने यो दिन १८ कित्ताको मात्र शेयर खरिद बिक्री भएको छ । बेच्नेले शेयर मूल्य नबढाई राखेको हुँदा कारोबार भए पनि शेयर मूल्य बढ्न सकेन । तर कम्पनीको शेयर खरिदमा २ लाख भन्दा धेरै कित्ताको माग रहेको थियो ।

कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू। १६४ । दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ ।नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो। कम्पनीले नेप्सेमा कारोबारका लागि जाल्पा सिम्बोल पाएको छ। – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय