काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेको छ । मंगलबार १७ अङ्कले बढेको बजार आज भने बढेको हो ।


आज पनि कारोबार भएका मध्य बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । १३ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर मूल्य घटेको छ । साथै बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेको छ ।

मितेरी विकास बैंकको सबै भन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा ४ लाख ४१ हजार भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेर कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – सोमबारबाट दोस्रो बजारमा प्रवेश गरेको जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य २ दिन कारोबार हुँदा पनि बढ्न सकेको छैन । स्पेशल प्रिओपन सेसनमा कम्पनीको ३१८ रुपैयाँ ६० पैसामा दश कित्ता शेयर कारोबार भएको छ । त्यसयता अपेक्षित कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । मूल्यमा सर्किट लाग्नको लागि कारोबार समेत धेरै हुनु पर्ने हुन्छ ।

मंगलबार समेत सो कम्पनीको शेयर मूल्य ३१८.६० मै कारोबार भएको छ भने यो दिन १८ कित्ताको मात्र शेयर खरिद बिक्री भएको छ । बेच्नेले शेयर मूल्य नबढाई राखेको हुँदा कारोबार भए पनि शेयर मूल्य बढ्न सकेन । तर कम्पनीको शेयर खरिदमा २ लाख भन्दा धेरै कित्ताको माग रहेको थियो ।

कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू। १६४ । दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ ।नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो। कम्पनीले नेप्सेमा कारोबारका लागि जाल्पा सिम्बोल पाएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here