काठमाडौं – भोलि बिहीबार शेयर बजार बन्द हुने भएको छ । अघिल्लो हप्ता समेत एक दिन बन्द भएको शेयर बजार भोलि होली ( पहाड) पर्व परेको र यस दिन सार्वजनिक बिदा भएको कारण बजार बन्द हुने भएको हो ।
सरकारले पहाड होली र तराई होली गरेर २ दिन होलीको बिदा दिने गरेको छ । बिहीबार होली मनाउने ठाउँमा बिहीबार र शुक्रबार होली मनाउने ठाउँमा शुक्रबार बिदा दिने चलन रहेको छ ।

यो हप्ता शेयर बजार सामान्य अवस्थामा हुने कारोबार दिनमा समेत कारोबार हुन सकेन । सोमबार ब्रोकरमा समस्या आएपछि एक बजेबाट नेप्से बन्द भएको थियो ।
मंगलबार भने २ दिनको १५० अंक भन्दा धेरैको वृद्धिमा जम्मा भएको नाफा बुकको प्रभावमा शेयर बजार पर्दा १७ अंकले नेप्से घटेको थियो । नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै रहेको छ ।
बैंकहरुमा तरलता अभाव,ब्याजदर उच्च,शेयर धितो कर्जा जस्ता कुराले शेयर बजार बढ्न नदिएको जानकारहरूको भनाइ छ । यद्यपि यही बर्ष शेयर बजार अहिले सम्मकै उच्च बिन्दुमा पुगेर फर्केको थियो ।