काठमाडौँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि पहिलो कारोबार हुने भएको छ ।
कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू. १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनु पर्ने आरटिएस सेवा प्रभु क्यापिटलबाट दिने नेप्से मार्फत जानकारी गराएको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो।
कम्पनीले नेप्सेमा कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।