काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार लघुवित्तको २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यसअनुसार आइतबार लघुवित्तको शेयर कारोबार खुल्नेछ ।
यस्तै लघुवित्तको शेयरलाई नेप्सेले आरयुएलबी ९च्ग्द्यी० कारोबार संकेत प्रदान गरेको छ ।
यो पनि पढ्नुहोस् – काठमाण्डौ । निरन्तर ओलारो लागेको शेयर बजार साताको अन्तिम दिन भने दोहोरो अङ्कले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २५६६ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य उकालो लागेपछि नेप्सेमा सुधार आएको हो । नेप्सेमा हरियाली फर्किए पनि कारोबार रकम भने स्थिर छ । २२६ कम्पनीहरूको २ अर्ब ७९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ । साथै अन्य सबै उपसूचकहरूलाई हरियाली छाएको छ । फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिँदा अपि पावरको शेयर धेरै कारोबार भएको छ ।