बिहिबार पनि प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले घट्यो बजार !

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार प्रिओपन सेसनमा नेप्से २.५५ अङ्कले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २५१२ विन्दुमा आएको छ । बुधबार पनि बजार दोहोरो अङ्कले घटेको थियो ।

यो सेसनमा आज ९ कम्पनीहरूको मात्र शेयर किनबेच भएको छ भने जसमध्ये ३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ साथै बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । करिव १४ लाख रुपैयाँको शेयर खरिद बिक्री हुँदा जीवन विकास लघुवित्तको शेयर खरिद धेरै मूल्यको भएको छ ।

बजारमा तरलता अभाव विस्तारै सहज हुँदै गइरहेको अवस्थामा समेत नेप्से र कारोबार रकम निरन्तर ओरालो लागिरहँदा लगानीकर्ता भने चिन्तित बनेका छन । २३ सय विन्दुमा झरेको शेयर बजार त्यस पछि २९ सय नजिक पुगेर फेरी घट्न सुरु गरिरहेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई बोनस सेयर प्रदान गरेको छ । निफ्राले आफ्ना सेयरधनीको खातामा १ करोड ६० लाख कित्ता बोनस सेयर पठाएको हो । आईपीओ ५० कित्ता पर्नेहरूको खातामा ४ कित्ता थप भएर ५४ कित्ता भएको छ ।

नेप्सेले गत साता सूचीकृत गरेको भए पनि प्राविधिक कारणले सेयरधनीको खातामा पठाएको थिएन । अहिले अधिकांश सेयरधनीको खातामा निफ्राको बोनस सेयर आएको छ। निफ्राको ८ प्रतिशत अर्थात १ करोड ६० लाख कित्ता बोनस सेयर रहेको छ ।

बोनस सेयर सूचीकृत भएसँगै अब सम्बन्धित बैंकको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण भएको हो । खातामा आएसँगै आइतबार बोनस सेयर पनि दोस्रो बजारमा कारोबार गर्न पाउने छन् । निफ्राको आईपीओमा १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका थिए ।

बोनस पुँजीकृत भएपछि बैंकको चुक्ता पुँजी बढेर २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । जसका कारण पनि अहिलेको प्रतिसेयर आम्दानी लगायत सूचकमा परिवर्तन आउन सक्नेछ । बैंकको अहिलेको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ । निफ्राको नाफा अधिकतम २५.६६ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्ममा कुल ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको सोही समयमा बैंकले कुल ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यस वर्ष बैंकले २५.६६ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको हो ।

यसअवधिमा बैंकले आफ्नो खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले वृद्धि गर्दै कुल ८२ करोड ३५ लाख ५६ हजार रुपैयाँ कमाएको छ भने सञ्चालन नाफा २५.५७ प्रतिशतले वृद्धि गर्दै ६३ करोड २३ लाख २१ हजार रुपैयाँ नाफा गरेको छ । यद्यपि, समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने घट्न पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय