काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबारसम्म बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म प्रि अलटमेन्टको काम सकेर मंगलबार आईपीओ बाँडफाँट गर्ने तयारी रहेको छ ।
तर उक्त मिति हेरफेर हुन सक्ने छ । प्रि अलटमेन्ट आइतबार सकेर कहिले बाँडफाँट गर्ने भन्ने एकिन हुने क्यापिटलले जनाएको छ ।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका लघुवित्तको आईपीओमा २५ लाख ४८ हजार ३२५ जना आवेदकले २ करोड ९१ लाख ४३ हजार ३ सय कित्ता शेयरको लागि २ अर्ब ९१ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

लघुवित्तले फागुन ११ गते बुधबारदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ । – आर्थिक संदेश