आज सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । यस दिन नेप्से सूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा अडिएको छ ।
१३ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।
आज १३ मध्ये २ वटा समूह मात्र हरिया भएका छन् भने २२८ कम्पनीको ६२ लाख ४७ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।दिव्यश्वरी हाइड्रोपावर, युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, तेहथुम पावर र रुरु जलविद्युत् परियोजना लिमिटेका शेयरधनीले कमाएका छन ।
दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ३५९ दशलमव ७० र युनाइटेड इदी मर्दीको रू. १ हजार १० दशमलव १० पुगेको छ । त्यसैगरी घलेम्दी हाइड्रोको ९ दशमलव २२ प्रतिशत, तेह्रथुम पावर कम्पनीको ८ दशमलव ४ प्रतिशत र रुरु जलविद्युत् परियोजनाको शेयरमूल्य ७ दशमलव ४ प्रतिशत वृद्धि भएको छ ।
कूल २२८ वटा कम्पनीकाे ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।
कारोबार रकमका आधारम नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, करिब १३ करोडको शेयर कारोबार रकमका साथ घलेम्दी हाइड्रोपावर दोस्रो स्थानमा रहेको छ।