शेयर बजारका लगानिकर्ताहरुका लागि आयो फेरि अर्को खुसिको खबर ?

काठमाडौं :- भारत सरकारद्वारा सञ्चालित लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डिया (एलआइसी) ले करिब ८ अर्ब अमेरिकी डलर बराबरको आइपीओ बिक्री गर्ने भएको छ ।

एलआइसीले ५% सेयर बिक्री गर्नका लागि अनुमति माग्दै भारतीय नियामकसमक्ष विवरणपत्रको मस्यौदा पनि पेश गरेको छ । मोदी सरकारले चालु आर्थिक वर्षका लागि आफ्नो लगानी विनिवेश लक्ष्य पूरा गर्ने योजना अनुसार आइपीओ बिक्री गर्न लागेको बताइएको छ ।

आइतबार पेश गरेको मध्यौदा विवरणपत्र अनुसार एलआइसीले ३१ करोड ६२ लाख भन्दा बढी कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ । उक्त आइपीओ बिक्री भएमा भारत सरकारले ६ खर्ब भारतीय रुपैयाँ (७.९७ अर्ब अमेरिकी डलर) पुँजी जुटाउनेछ ।

मार्च महिनाको अन्त्यसम्ममा आइपीओ सूचीकरण सम्पन्न गर्ने योजना रहेको छ । यद्दपि, भारतीय बजारमा गत वर्ष सूचीकृत अधिकांश कम्पनीहरु आइपीओ भाउ भन्दा कम दाममा कारोबार भइरहेका कारण एलआइसीको आइपीओलाई लगानीकर्ता अकर्षित गर्ने चुनौति रहेको छ ।

एलआइसी भारतको सबैभन्दा ठूलो बिमा कम्पनी हो भने विश्वका ठूला ५ बिमा कम्पनीहरुमध्ये एकमा पर्दछ । गत सेप्टेम्बरसम्मको तथ्यांक अनुसार एलआइसीमा १ लाख ५ हजार भन्दा बढी पूर्णकालीन कर्मचारीहरु रहेका छन् ।

यस इन्सुरेन्सले ५ खर्ब डलर भन्दा बढीको सम्पति व्यवस्थापन गरिरहेको छ । प्रिमियमका आधारमा यस कम्पनी एक्लैले भारतीय जीवन बिमा बजारको ६०% हिस्सा ओगटेको छ ।

भारतमा पछिल्लो पटक आइपीओ जारी गर्ने जीवन बिमा कम्पनी भने एचडीएफसी लाइफ इन्सुरेन्स रहेको छ । सन् २०१७ मा आइपीओ बिक्री गरी सूचीकृत भएयता एचडीएफसीको सेयर भाउ दोब्बर बढिसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय