यस्तो छ फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था

 यस्तो छ फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको राष्ट्र उत्थान लघुवित्तको  वित्तीय अवस्था

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति हासिल गरेको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ४८ लाख रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ करोड ६८ लाख पुगेको हो । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफमा १४८ प्रतिशत वृद्धि भएको छ ।

खराब कर्जा अनुपात पनि करिब ५९ प्रतिशत घट्न गई अहिले १.०३ प्रतिशतमा सीमित भएको कम्पनीले जानकारी दिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १२ लाख २३ हजार खराब कर्जा उठाउन सफल भएकाले, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो

कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ भने जगेडा रू. १५ करोड ४८ लाख सञ्चित गरेको हो । आइपीओ प्रयोजनका लागि प्रकाशित आब्हानपत्र बमोजिम यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७८–०७९ मा खुद मुनाफा करिब ८ करोड ५ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

कम्पनीले फागुन ४ गतेदेखि ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । जसमध्ये ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि, १३ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन मिति छिटोमा फागुन ८ र ढिलोमा फागुन १८ गतेसम्म रहेको छ ।

सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

_ नेप्से बजार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय