काठमाडौं – लामो समय रोकिएको प्राथमिक शेयरको निष्कासन अब भने धमाधम सुरु भएको छ ।
यसै बीच ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको पहिलाे चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीले याे आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी
गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । – आर्थिक संदेशबाट