आजदेकी नयाँ आइपीओ सार्वजनिक हुदै, कति दिने आवेदन ?

काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजबाट आइपिओ निष्काशन गर्दै छ ।

संस्थाले आज माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् ८००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २६,१०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ४,८७,९०० कित्ता सर्वसाधारण नेपालीलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले न्यूनतम १०कित्ता र अधिकतम ५,२२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो कम्पनीमा पनि शेयरमा पनि माग भन्दा धेरै गुणा आवेदन पर्ने निश्चित छ केबल दश कित्ता आवेदन दिए पुग्ने देखिन्छ ।

यो कम्पनीको अवस्था राम्रो रहेको हुँदा आइपीओ पर्नेहरुले प्रति कित्ता १ हजार भन्दा धेरै मूल्य पाउन सक्ने अनुमान गर्न सकिन्छ । – आर्थिक संदेश

यो पनि पढ्नुहोस् – काठमाण्डौं–शेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । नेपाली समाजमा शेयर कारोबार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ

।विद्यार्थी, बेरोजगार, रोजगार गर्नेदेखि, व्यवसायीदेखि गृहिणीसम्मले शेयर कारोबार गर्दै आएका छन् । शेयर बजारमा लगानी गर्दा धेरै कुरा ध्यानदिनुपर्छ । बजारको विश्लेषण नगरी लगानी गर्दा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

शेयर बजारबाट मनग्य आम्दानी कमाउनेहरु पनि धेरै छन् । शेयर बजारमा प्रवेश गरेर कारोबार गर्दा धेरै कुरा ध्यान दिनुपर्छ ।थौरै लगानी गरेर धेरै आम्दानी गर्नका लागि शेयरका आधारभूत पक्षलाई ध्यान दिनुपर्छ ।

शेयर बजारमा ध्यान दिनुपर्ने ६ विषयलाई यहाँ प्रस्तुत गरिएको छ ।

१. मूल्य होइन भ्याल्यू हेर्नुपर्छ कहिल्यै पनि सेयरमा पैसा लगानी गर्दा पहिलो यो नहेर्नु कि यसको मूल्य धेरै छ र त राम्रो आम्दानी हुन्छ।

कतिपय अवस्थामा ५० बाट १०० रुपैयाँ बीचको मूल्य भएको सेयर नै पछि मूल्यवान बन्न सक्छ, यदि त्यो कम्पनीको प्रदर्शन राम्रो रह्यो भने। भारतका दिग्गज लगानीकर्ता राकेश झुनझुनवाला कुनै पनि सेयरमा

लगानी गर्नुअघि त्यो कम्पनीको प्रदर्शन हेर्न आवश्यक रहेको बताउँछन्। कम्पनीको प्रदर्शन राम्रो छ भने बजारमा उतारचढाव आउँदा पनि समस्या हुँदैन।

२. लाभांश दिने कम्पनीमा भरोसा सेयर बजारमा लगानी गर्नुअघि कुन कम्पनीले नियमित लाभांश दिइरहेको छ बुझ्न आवश्यक छ। यदि कुनै कम्पनीले नियमित रुपमा लाभांश दिइरहेको छ भने यसको मतलब यो हो कि त्यो कम्पनीसँग क्यासको

कुनै कमी छैन। क्यास सरप्लस भएको कम्पनीको प्रदर्शन पनि राम्रो हुन्छ। यस्तोमा यी कम्पनीको सेयरबाट तपाइँले आफ्नो लगानी तीव्रगतिमा बढाउन सक्ने सम्भावना बढी हुन्छ।

३. समयको प्रतीक्षा नगर्नुहोस् दिग्गज लगानीकर्ता वारेन बफेट सेयर बजारमा लगानीका लागि हरेक बेला सही समय हुने बताउँछन्। त्यसैले लगानीका लागि सही बेलाको प्रतीक्षा गर्नुपर्दैन। यदि कुनै राम्रो कम्पनीको सेयर अनुकूल मूल्यमा छ भने लगानी सुरु गर्नुपर्छ।

४.बजारको चाल हेर्नुहोस सेयर बजारमा गिरावट आएको भए पनि पर्वाह गर्नुहुँदैन। आमलगानीकर्ता सही समयको पर्खाइमा लगानी गर्ने सोच बनाउँदैनन्। त्यही समय बित्छ तब बजारको चाल हेरेर उचाइमा पुगेको सेयर बजारमा लगानी गर्छन्, अनि घाटा उठाउँछन्।

५. अरुलाई हेरेर लगानी नगर्नु यदि कोही यो कारणले सेयर बजारमा लगानी लगाइरहेका छन् कि अन्यले यसमा पैसा लगाइरहेका छन् भने घाटा हुन सक्छ। सेयर बजारमा सफल हुनलाई अरुलाई पछ्याउनु हुँदैन। वारेन बफेटका अनुसार जब अरु लालचमा आइरहेका छन्

भने तपाइँ सतर्क हुनुहोस्। अनि जब अरु सतर्कता अपनाउने कोसिस गरिरहेका छन् भने तपाइँ कमाउनेबारेमा सोच्नुहोस्।

६. कम कर्जा भएको कम्पनीको सेयरमा लगानी सेयरमा लगानी गर्नुअघि कुनै पनि कम्पनीको कर्जा कति छ भने बुझ्न आवश्यक हुन्छ।

किनकि कम कर्जा भएको कम्पनीको क्यासलाई लिएर दबाब हुँदैन। यस्तो यी कम्पनीमा गरिएको लगानी डुब्ने सम्भावना ज्यादै कम हुन्छ। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय