दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला विन नेपाल लघुवित्त वित्तीय संस्थासहित दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ ९० पैसाले वृद्धि भई १ हजार ७८१ रुपैयाँ १० पैसा पुगेको छ ।

यस्तै, यति बेला बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ६१ रुपैयाँ ६० पैसाले वृद्धि भई ६७८ रुपैयाँ कायम भएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । आउँदो माघ २६ गतेदेखि इमर्जिङ्ग नेपालले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनील्े जनाएको छ। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय